नेपालमा अहिले पानी पार्ने कुनै प्रणाली सक्रिय नरहेको मौसमविदले बताएका छन् ।
अब बिस्तारै गर्मी बढ्दै जाने भएकाले तत्काल पानी पार्ने कुनै प्रणाली सक्रिय नदेखिएको र अब अधिकतमसँगै न्यूनतम तापक्रम बढ्दै जाने मौसमविद्ले जानकारी दिएका छन् ।
तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम भने आशिंक बदली हुने छ । यस्तै प्रिमनसुनी समय भएकाले दिउँसोपछि सामान्य हावाहुरी पनि चल्ने छ ।
बिहान मौसम खुले पनि दिउँसोपछि हावाहुरी चलेर बेलुकीतिर चट्याङसहित पानी पर्नु प्रिमनसुनको विशेषता हो । तर अबको केही दिन पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्को अनुमान छ ।