logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची


अंकुरण खबर
845
Shares

प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा केही विधेयकहरु पेश गर्ने संभावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।

महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक (पहिलो संसोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन र शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले परमाणवीक विधेयक सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेश गर्ने कार्यसूची छ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पनि केही विधेयकहरु आजको बैठकमा प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। सार्वजनिक ऋण व्यवस्थापन विधेयक, बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक, नेपाल राष्ट्र बैंक विधेयक र धितोपत्र सम्बन्धी पहिलो संसोधन विधेयक पेश गरिने जनाइएको छ ।