कोरोना संक्रमणको आशङ्कामा सोमबार बेलुका सिरहा नगरपालिका वडा नम्बर १० नरहैयाबाट जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएका ९ जना बिरामीमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।
केही दिनअघि रोजगारीको शिलशिलामा भारतको पंजाबबाट फर्केका उनीहरुमा रुघा खोकी र भाईरल ज्वरो देखिएपछि कोरोना संक्रमणको आशङ्का गरिएको हो ।
उनीहरुको सिरहाबाट धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचार गरिएको थियो भने गम्भिर रोगको उपचार त्यहाँ सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको थियो ।
तर उनीहरुमा कोरोना संक्रमण नभएर सामान्य रुखा खोकी देखिएको अस्पतालले जनाएको छ । उनीहरुलाई समान्य उपचारपछि घर फर्काइएको छ ।