logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु


अंकुरण खबर
1.014K
Shares

भरतपुर महानगरपालिका-७ मा आज बिहान ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर-७ कृष्णपुरकी ३५ वर्षीया लक्ष्मी सुवेदी रहेको चितवन प्रहरीले जनाएको छ ।

चौबिसकोठीबाट गीतानगरतर्फ जाँदै गरेको ना ७ ख ४०९१ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी साइकलमा सवार सुवेदीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।