काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
प्रहरीले पेप्सीकोलाबाट जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ घर भई हाल भक्तपुर ठिमी बस्ने ५० वर्षीय बुद्धि बहादुर राउतसहित ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नगद ५३ हजार ९ सय ६५ रुपैयाँ सहित महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।