logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अपराधी खोज्दै बर्दीका भारतीय प्रहरी दैलेखमा


अंकुरण खबर
1.755K
Shares

भारतको हरियाणबाट गोरखपुरको बाटो हुदै कसैलाई पनि जानकारी नदिइ भारतीय तीन जना प्रहरी बद्रि सहित दैलेख जिल्लामा प्रबेश गरेका छन् ।

सोमबार राती दैलेखको मानसरोवर होटेलमा बसेका उननीहरु मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय दैलेखमा जादा खेरी आफ्नो पोशाकसहित जिल्ला प्रहरी कार्यालयमा प्रबेश गरेको प्रहरी निरिक्षक नैन बहादुर साउँदले जानकारी दिए ।

‘बर्दिसहित किन प्रबेश गरेको ? भनेर भारतीय प्रहरीलाई बुझे प्रहरी निरिक्षक साउँदले भने,’ ‘जिल्ला प्रहरी कार्यालयमा आउदा बर्दि लाउनुपर्छ होला भनेर आफुले बद्रि लाएर आएको उनीहरुले बताएका छन् ।

भारतीय प्रहरी प्रहरी नायव निरिक्षकको नेतृत्वमा २ जना प्रहरी जवान र एक जना भारत हरियाणको स्थानिय सहित उनीहरु दैलेख आएका हुन् । भारतको हरियाणमा घरेलु कामदारको रुपमा काम गरिरहेका दैलेखका एक जनाले घरमा खाना पकाएर खुवाउने क्रममा घरका ७ जना परिवारहरुलाई विसादि खुवाएर उनीहरुलाई बेहोस बनाइ काम गर्ने घरबाट ५० लाख ५० हजार रुपैँया  लुटेर त्यहाँबाट भागेको हुनाले उनलाई खोज्नको लागि आफु नेपाल आएको भारतीय प्रहरी नायव निरिक्षक विजय विवेकले जानकारी दिए ।

विस खुवाएर बेहोस बनाएका परिवारहरु अहिले भारतको हरियाणमा उपचार गराइरहेको उनले बताए ।