कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित बसपार्क नजिकै मंगलबार एक जना मृत अवस्थामा भेटिएका छन्।
बेलडाँडी गाउँपालिका चवन्नीका ६० वर्षीय भगतबहादुर रावल महेन्द्रनगरस्थित बसपार्क नजिकै मृत अवस्थामा भेटिएका हुन्। हिँड्दा हिँड्दै लडेका उनको हृदयघातका कारण मृत्यु भएको देखिन्छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बझाङको छान्ना गाउँपालिका पुख्र्यौउली घर भएका रावत हाल नातिनातिनाको पढाईका लागि भीमदत्त नगरपालिका–४ भगतपुर बस्दै आएका थिए।
नातिनातिनालाई खाना खुवाएर स्कुल पठाएपछि मंगलबार उनी बसपार्क नजिकै बस्ने आफ्ना नातेदारसँग भेटघाटका लागि हिँडेका थिए। उनी हिँड्दा हिँड्दै बाटोमा नै लड्न पुगेका थिए। उनले लामो समयदेखि मुटुको औषधी सेवन गरिरहेको पारिवारिक स्रोतले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि महाकाली अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।