logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भाउजूलाई खुकुरी प्रहार गरेको अभियोगमा देवर पक्राउ


अंकुरण खबर
1.391K
Shares

धारिलो हतियार खुकुरी प्रहार गरेर आफ्नै भाउजूको हत्या गर्ने प्रयास गरेको अभियोगमा देवर पक्राउ परेका छन ।

रौतहटको यमुनामाई गाँउपालिका-१ की पुनम सहनीलाई धारिलो खुकुरी प्रहार गरेको आरोपमा उनकै देवर राजुकुमार सहनीलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै कोठामा सुती रहेकी पुनमलाई बिहान ४ बजेको समयमा देवर सहनीले खुकुरी हानेर हत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

घरायशी विवादका कारण भाउजूलाई टाउकोमा खुकुरी हानेको सहनीले प्रहरी समक्ष स्वीकार गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

पक्राउ परेका सहनीका साथबाट घटनामा प्रयोग भएको रगत लागेको खुकुरी समेत बरामद भएको प्रहरीले जनाएको छ ।