प्रदेश दुईको नामकरणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामकुमार यादवले पेश गरेको ‘जानकी’ अस्वीकृत भएको छ ।
‘जानकी’ को लागि जम्मा ३७ मत खसेको छ । आज दिउँसो शुरु भएको गोप्य मतदानमा नेकपाका सांसदको ३२ सहित अन्य दलका ५ सांसदले ‘जानकी’ मा मतदान गरेको हुन् । दुई तिहाईका लागि ७२ मत आवश्यक पर्छ भनेपछि नेकपाले ‘जानकी’ प्रदेश नामाकरणका लागि पेश गरेको प्रस्ताव अस्विकृत भएको छ।
यता नेपाली कांग्रेसका सांसद नरेश यादवले पेश गरेको ‘मिथिला–भोजपुरा’को लागि मतदान हुदैछ। प्रदेशका चार दलले चार वटा प्रस्ताव पेश गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशको नाम ‘जानकी’, नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’, सत्तापक्षका केही सांसदहरुले ‘मध्य मधेश’ र सत्तारुढ समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा)ले ‘मधेश’ राख्नुपर्ने भनेर प्रस्ताव पेश गरेका छन् ।
प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेका समाजवादी पार्टीको ३० राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको २५, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ३२, अर्को प्रतिपक्षी नेपाली कांग्रेसको १९ र संघीय समावादीको एक सिट छ ।