logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से परिसूचक ४४ अंकले घट्यो


अंकुरण खबर
845
Shares

नेप्से परिसूचक आज फेरि घटेको छ । आज मंगलबार ४४ दशमलव ३३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

म्युचुअल फण्डबाहेक आज सबै समूहको उप–सूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उप–सूचक ४ सय २६ दशमलव ४८ अंकले घटेको छ ।

आज १ अर्ब ४६ करोड ५१ लाख रुपैयाँ बराबरका ४३ लाख ६७ हजार कित्ता शेयर किनबेच भएका छन् । आज कारोबार रकम पनि झण्डै १५ करोड रुपैयाँले कम भएको छ ।

एनआईसी एसिया बैंक लिमिटेडको आज सबैभन्दा धेरै १० करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । बजार घटेको दिन आज सिद्धार्थ इन्स्योरेन्स लिमिटेड लगायत ५ वटा कम्पनीका सेयर लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका सेयर लगानीकर्ताले भने झण्डै ८ प्रतिशत कमाएका छन् ।