logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

फेरी बढ्यो सुनको मूल्य


अंकुरण खबर
1.066K
Shares

आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

बुधबार छापावाला सुन तोलामा १ हजारले बढेर ७६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन तोलामा ७५ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज स्थिर रहँदै प्रतितोला ७ सय १० रुपैयाँमै कारोबार भइरहेको छ ।