logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको शंकामा पाँच विदेशी टेकु अस्पतालमा भर्ना


अंकुरण खबर
845
Shares

कोरोनाभाइरसको आशंकामा पाँचजना विदेशीलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

भर्ना भएकामध्ये चारजना आइसोलेसनमा र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले जानकारी दिए ।

उनीहरु पाँचजना अमेरिका र स्कटल्याण्डका नागरिक हुन् । उनीहरूलाई सोमबार भर्ना गरिएको थियो । एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि सोमबार नै आइसियूमा राखेर उपचार गरिएको राजभण्डारीले बताए ।

सबैको आज बेलुकासम्म परीक्षणको नतिजा आइसक्ने राजभण्डारी जानकारी दिए । टेकु अस्पतालमा पाँच वटा मात्र आइसोलेसन बेड छ । थप शंकास्पद बिरामी आए पाटन अस्पतालमा पठाइने निर्देशक राजभण्डारीले बताए।