मकवानपुर र धनुषाबाट श्रोत नखुलेको भारतीय रुपैयाँसहित तीनजना पक्राउ परेका छन् ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ बाट श्रोत नखुलेको भारतीय रुपैयाँ ९ लाख ९९ हजार दुईजना पक्राउ परेका हुन । पक्राउ पर्नेमा भारत बैरातपुर पैरोसव बस्ने ३१ वर्षीय बिजय चौधरी र अन्य एकजना छन् ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले लमहीबाट वीरगंजतर्फ जाँदै गरेको डब्लुबि २३ ई २३३३ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका–१२ स्थित जनकपुर एयरपोर्टबाट २ हजार दरको नोट १ सय ५० थान रहेको ३ लाख श्रोत नखुलेको भारतीय रुपैयाँ एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मुजफरपुर बस्ने २० वर्षीय शिवम कुमार छन् ।
जनकपुरबाट काठमाडौं आउँन लागेका कुमारलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।