logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टेकु अस्पताल भर्ना भएका तीन विदेशीमा कोरोना संक्रमण देखिएन


अंकुरण खबर
962
Shares

कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल भर्ना भएका तीन जना विदेशीलाई संक्रमण नभएको पाइएको छ । दुई जनाको भने रिपोर्ट आउन बाँकी छ ।

विदेशबाट आएका उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले अस्पताल पठाएको हो ।  तीन जना सोमबार र दुई जना मंगलबार साँझ अस्पताल भर्ना भएका थिए । उनीहरु पाँचजना अमेरिका र स्कटल्याण्डका नागरिक हुन् ।

उनीहरु मध्ये चार जनालाई आइसोलेटेड बेडमा राखिएको थियो भने एक जनामा निमोनियाँ देखिएकाले आईसीयूमा भर्ना गरिएको थियो ।

तीन जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरुलाई आज डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए । दुई जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ ।