logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

परीक्षा सकियो : बच्चालाई घरबाहिर,भीड्भाडमा जान नदिन शिक्षा मन्त्रालयको आग्रह


अंकुरण खबर
1.287K
Shares

सरकारले विद्यालय तह कक्षा १ देखि ९सम्मका बिद्यार्थीको अन्तिम परीक्षा चैत ५ भित्र सक्न निर्देशन दिए बमोजिम सरकारी तथा सबै नीजि विद्यालय बुधबारबाट बन्द भएका छन् । कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को शैक्षिक सत्र शुरु नहुन्जेल बालवालिकाहरुलाई बिना काम घरबाहिर भीड्भाडमा जनान आग्रह गरेको छ ।

देशभरका करीव ७० लाख विद्यार्थीलाई कोरोना संक्रमणबाट बच्न सावधानी अप्नाउन भन्दै अर्को शैक्षिक सत्र शुरु नहुन्जेल सम्म अनाआवश्यक भिडभाडमा नलैजान वा जाननदिन अभिभावकलाई मन्त्रालयले आग्रह गरेको हो ।

चैत्र ६ गतेदेखि १७ गते सम्म २०७६ सालको माध्यमिक शिक्षा (एसइइ) परीक्षा सञ्चालन हुँदैछ ।