logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको सानोभर्याङबाट १० लाख थान मास्कसहित १ जना पक्राउ


अंकुरण खबर
806
Shares

काठमाडौंको सानो भर्याङबाट सर्जिकल मास्कसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा आरुघाटका युवराज न्यौपाने रहेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार न्यौपानेलाई सो परिमाणको मास्कसहित पक्राउ गरेको हो ।

कोरोना भाइरसको सन्त्रास बढिरहेको बेला मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै आक्रामक रुपमा प्रस्तुत भएको प्रहरीले न्यौपानेबाट १० लाख थान मास्क बरामद गरेको जनाएको छ।

पक्राउ परेका उनलाई अपराध महाशाखाको कार्यालयमा पेश गरिदैँछ ।