logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसप्रति सावधानी : नागार्जुन नपा. वडा नं १०मा हेल्थ डेस्क सञ्चालन


अंकुरण खबर
3.562K
Shares

नागार्जुन नगरपालिका वडा नं १० ले कोरोना भाइरस सम्बन्धी सर्वसाधारणलाई जनचेतना मुलक सन्देश दिन भन्दै वडा कार्यालयमा हेल्थ डेस्क सञ्चालन गरेको छ ।

स्युचाटार स्वास्थ्य चौकीको सहयोगमा सञ्चालन गरिएको हेल्थ डेक्सले कोरोना भाइरस सम्वन्धि वडाबासीलाई सचेत गराउन सहयोग पुग्ने वडा अध्यक्ष सुन्दर केसीले बताए । चैत भर सञ्चालन हुने हेल्थ डेक्समा छिट्टै तापक्रम नाप्ने मिसिन राख्ने र यस भाइरसबाट जोगिन आवश्यक्ता अनुसार टोलटोलमा माइकिन गर्ने तयारी रहेको जनाइएको छ ।

विश्वभरीनै महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन बुधबार वडा भित्र रहेका सरकारी तथा नीजि विद्यालयका प्रध्यानध्यापक, वडाका लब्धप्रतिष्ठित बुद्धिजीवी व्यक्तित्वको साथै सरोकारवाला व्यक्तिहरुसंग छलफल गरेको वडा अध्यक्ष केसीले जानकारी दिए ।

कोरोना भाइरसको त्रास देखाएर वडा भित्र दैनिक उपभोग्य सामानदेखि कुनै पनि बस्तुमा कालोबजारी गर्नेलाई कानुन अनुसार कारबाही गर्ने अध्यक्ष केसीको भनाई थियो । वडा अध्यक्ष केसीले आफ्नो वडा भित्र सामान नपाएको गुनासो नआएको र यदि कसैले उपभोक्तालाई कालोबजारी गरी समस्यामा पार्न खोज्यो भने तुरुन्त वडामा आएर खबर गर्न वडावासीलाई आग्रह गरेका छन् ।