logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारको निर्णय : धेरै मानिस भेला हुने क्षेत्रहरु बन्द, २५ जना भन्दा बढी मानिसहरु भेला हुन नपाइने


अंकुरण खबर
858
Shares

सरकारले कोरोना भाइरसप्रति सावधानी अप्नाउन भन्दै सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला लगायतका धेरै मानिस भेला हुने क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको सिंहदरबारमा बसेको बैठकले फिल्महल, सांस्कृतिक केन्द्र, रंगशाला, हेल्थ क्लब, म्युजियम, मनोरञ्जनस्थल लगायतलाई वैशाख १८ गतेसम्मबन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन नपाइने निर्णय गर्नुका साथै पुनः अतिआवश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । यसको अनुगमन गृह, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सञ्चारमन्त्रालयले गर्ने भएको छ ।