logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

प्रवेशपत्र दिए वापत विद्यार्थीसँग घुस लिने प्राध्यापक पक्राउ


अंकुरण खबर
975
Shares

धनुषामा माध्यामिक शिक्षा परीक्षा (एसईई)का परीक्षार्थीबाट घुस लिने एक प्राधानाध्यापक पक्राउ परेका छन् ।

धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले विद्यालयबाटै २ हजार रुपैयाँ घुसहित पक्राउ गरेको हो ।

प्राध्यापक महतोले एक विद्यार्थीबाट प्रवेशपत्र दिए वापत दुई हजार घुस लिएका थिए ।

महतोले विद्यार्थीलाई पहिले परीक्षा फारम नभरेको भन्दै ७ हजार रुपैयाँ खर्च गरे प्रवेश पत्र उपलब्ध गराइदिने आश्वासन दिएका थिए । ती विद्यार्थीले त्यति धेरै पैसा तिर्न सक्दिन भनेपछि दुई हजार रुपैयाँ दिनुपर्ने भनेका थिए ।