logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा ओरालो गति कायमै


अंकुरण खबर
702
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को ओरालो गति कायमै रहेको छ । केहि हप्ता देखि निरन्तर ओरालो लागेको नेप्से साताको चौथो दिन आज बुधबार पनि सोहि गतिमा देखिएको हो ।

नेप्से आज १६.२६ अंकले घटेर १ हजार २ सय ५ दशमलव ८० विन्दुमा थामिएको छ भने १ अर्ब १८ करोड ४४ लाख १६ हजार ८७८ बराबरको कारोबार भएको छ ।

१७२ कम्पनीको ३४ लाख ८३ हजार २ सय २१ कित्ता सेयर किनबेच भएको छ । नेप्सेका सबै इन्डेक्स ओरोलो लागेका छन् । सब इण्डेक्स तर्फ पनि ट्रेडिङ बाहेक सबै समुह राताम्मे भएका छन् ।

नेपाल लाइफको ९ करोड ३१ लाख, एनआइसी एसिया बैंकको ८ करोड ३३ लाख, एनएमबी बैंकको ५ करोड ९० लाख, ग्लोबल आइएमई बैंकको ४ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

जनसेवा लघुवित्त, माउन्टेन हाइड्रो, सबैको लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले कमाएका छन् । कालिका पावर, सपोर्ट माइक्रोफाइनान्स, एनएलजी इन्स्योरेन्स, मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।