logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मार्च २० बाट कोरोना संक्रमित मुलुकबाट नेपाल आउन पूर्ण प्रतिबन्ध


अंकुरण खबर
988
Shares

सरकारले २० मार्चबाट लागु हुने गरि ५५ (मुलुक) देशलाई नेपाल आउन रोक लगाउने भएको छ ।

सरकारको बुधबार बसेको कोभिड (१९ नाम दिइएको कोरोना भाइसरको रोकथाम तथा नियन्त्रण उच्चीतरीय समन्वयन समितिको बैंठकले कोरोना भाइरस संक्रमित ५५ देशबाट नेपाल आउन प्रतिबन्ध गर्ने भएको हो ।

बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाउने भएको हो ।

बैठकमा सहभागी एक मन्त्रीले भने, ‘अहिले नै सरकारले पूर्ण रुपमा ‘लकडाउन’ भनेको छैन तर यो प्रतिबन्धले ५५ प्रदेशबाट नेपाल आउन रोक्नेछ ।’ बैंठमका उपप्रधान तथा रक्षामन्त्री एवं समितिका संयोजक ईश्वर पारेखलले आवश्यक पर्दा सरकारले लकडाउन पनि घोषणा गर्न सक्ने बताएका छन् ।

यो नियम अप्रिल १५ सम्म लागु हुने छ ।