logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलिबाट शुरु हुने एसईईसहित सबै परीक्षा स्थगित


अंकुरण खबर
1.144K
Shares

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायतका सबै परीक्षा स्थगित गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले एसईई लगातका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

एसईई परीक्षा चैत ६ गतेदेखि हुने पूर्व निर्धारित तालिका थियो ।

सरकारले एसईईसँगै चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । विश्‍वविद्यालयसहित बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले वैशाख ३ गतेसम्म कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ। त्यस्तै २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको छ।