logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इटलीमा कोरोनाका कारण एकै दिन ४ सय ७५ जनाको मृत्यु


अंकुरण खबर
702
Shares

इटलीमा कोरोना भाइरसका कारण एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण इटलीमा एकैदिन यति धेरै मानिसको मृत्यु भएको पहिलो घटना हो ।

पछिल्लो समयमा इटलीको अवस्था भयावह देखिएको छ । इटलीमा हालसम्म मृत्यु हुनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ भने ३५ हजार ७ सय १३ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा मात्रै इटली ४ हजार २ सयभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

गत डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसका कारण चीन पछि सबैभन्दा बढी इटली प्रभावित बनेको छ । चीनमा भने अहिले नयाँ संक्रमण देखिएको छैन् भने, यसका कारण मृत्यु समेत भएको छैन् ।

कोरोना भाइरसका कारण अहिलेसम्म ८ हजार ९ सय ५३ जनाको मृत्यु भएको छ भने, २ लाख १९ हजार संक्रमित भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।