logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकैदिन १५ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आजको भाउ ?


अंकुरण खबर
962
Shares

आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन १ हजार ५ सय र चाँदी ३० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुन तोलामा १ हजार ५ सयले घटेर ७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन तोलामा ७६ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज ३० रुपैयाँले घटेर प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।