विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको नम्बर १ ढाटबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको बेलवारी नगरपालिका–४ बस्ने २१ वर्षीय विपिन क्षेत्री रहेका छन् । क्षेत्रीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले मंगलबार पक्राउ गरेको हो ।
एपीएफ टोलीले क्षेत्रीलाई शंका लागि जाँच गर्दा उनको साथमा फेनारगन ४ एम्पुल, डाईजाल्याव ४० एम्पुल, लुपिजेसिक ४० एम्पुल र एभिल ४० एम्पुल फेला परेपछि पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिएका छन् ।
पक्राउ परेका उनलाई एपीएफ टोलीले बरामद लागूऔषध तथा मोवाइल सेटसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।