बाग्लुङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
जिल्लाको ढोरपाटन नगरपालिका–७ गाल्डुङका ६२ वर्षीय देबिराम बिकले ५० वर्षीया श्रीमती गौरा बिकलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको बाग्लुङ प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या आरोपमा उनलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो । देबिरामले मादकपदार्थ सेवन गरी श्रीमतीलाई प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी अुनसन्धानबाट खुलेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।