डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सामूहिक रुपमा गौहत्या भएको पाइएको छ ।
देउपाल सामुदायिक वन क्षेत्रमा ग्यालविन तारले पासोमा झुण्ड्याएर मारिएका आधादर्जन गाइको शव र कंकाल भेटिएको हो ।
५ वटा गाई रुखमा झुण्ड्याइएको अवस्थामा र एउटा गाईको बङ्गारा भेटिएको छ भने गाई मार्नका लागि बनाइएको ग्याविन तारको दुईवटा खाली पासो भेटिएका छन् ।
सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा करिब एक साताअघि गाईको हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
गाईलाई कसले र किन पासो लगाएर मारेको हो भन्ने विषयमा भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।