सुर्यविनायक नगरपालिका–५ मा आज बिहान एक पैदलयात्री बालिकालाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा २ जना घाइते भएका छन् ।
आज बिहान सवा ८ बजे बा २४ प ८३ ०६ नम्बरको मोटरसाइकलले स्थानीय सुर्यविनायक नगरपालिका–६ का पासाङ तामाङकी ७ वर्षीया छोरी प्रियालाई ठक्कर दिएर पल्टिँदा उनीसहित मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुबैलाई उपचारको लागि डा। इवामुरा मेमोरियल अस्पताल सल्लाघारी पठाइएको छ ।