logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको सन्त्रास: सर्वोच्चमा नियमित मुद्दा सुनुवाइ स्थगितको तयारी


अंकुरण खबर
1.105K
Shares

कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि सरकारले शैक्षिक संस्था समेत बन्द गरेको अवस्थामा न्यायपालिकाले शुक्रबार फूलकोर्ट बैठक बसेर सुनुवाइ स्थगनको तयारी गरेको छ ।

बिहीबारबाटै सुनुवाइ स्थगित गर्ने तयारी भएपनि प्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित भएसँगै फुलकोर्ट बैठक स्थगित भएको हो । कोरोना भाइरसको विषय संबेदनशिल भएकाले शुक्रबार फुलकोर्ट बैठक बसेर नियमित पेशीको सुनुवाइ स्थगनको विषयमा निर्णय लिन लागेको सर्वोच्चका मुख्य रजिष्टार नृपध्वज निरौलाले बताए ।

उनका अनुसार शुक्रबार फुलकोर्ट बैठकले मुद्दा सुनुवाइको विषयमा निर्णय लिनेछ । बन्दीप्रत्येक्षीकरण बाहेक नियमित पेशी केही साताका लागि बन्द गर्ने निर्णय हुन सक्नेछ । सर्वोच्च फुलकोर्ट बैठकले आफु मातहत रहेको जिल्ला र उच्च अदालतको मुद्दा सुनुवाइ समेत स्थगन गर्नेछ ।