logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नक्कली नेपाली नोटसहित दुई पक्राउ


अंकुरण खबर
962
Shares

रामेछापमा नक्कली नेपाली नोटसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका–१ चुरे बस्ने ५२ वर्षीय ढकलबहादुर तामाङ र सोही नगरपालिका–२ लामा गुफा बस्ने ५२ वर्षीय सार्की तामाङ छन् ।

इलाका प्रहरी कार्यालय खाँडादेवी र प्रहरी चौकी लुभुघाटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा तामाङको साथबाट १ हजार दरका २२ हजार रुपैयाँ र उनीहरुले विभिन्न व्यक्तिहरुलाई दिएको १ हजार दरका ९० हजार गरी १ लाख १२ हजार नक्कली मुद्रा बरामद गरेको छ ।

उनीहरुले जलाउदिन मियाँ अन्सारी नाम गरेका व्यक्तिसँग मिलेर गोरु किनेको रकम भुक्तानी गर्दा समेत नक्कली नोट प्रयोग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

फरार अन्सारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।