logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनकामना केबलकार पनि बन्द


अंकुरण खबर
910
Shares

मनकामना केबलकार चैत मसान्तसम्म बन्द हुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरिएको हो ।

शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ । उच्चस्तरीय समितिले भिडभाड नगर्न र भिडभाडयुक्त कार्यक्रम र जमघट बन्द गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले केबलकार बन्द गर्न निर्देशन दिएको हो ।

मनकामना मन्दिरका साथै चितनमा सञ्चालनमा आएका हाटबजार, सिनेमा हललगायत अन्य जमघटस्थलहरु पनि अर्को सूचना जारी नभएसम्म बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।