logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पठनपाठन बन्द


अंकुरण खबर
897
Shares

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित रहन मध्यपश्चिमाञ्चल विश्वविद्यालय ९एमयू० ले पनि चैत मसान्तसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयले नेपाल सरकारको कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशन बमोजिम चैत मसान्तसम्म क्याम्पसको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

विश्वविद्यालय केन्द्रीय कार्यालयका अधिकृत दिनेश गौतमले आजदेखि लागू हुने गरी विश्वविद्यालयअन्तर्गतका क्याम्पसको पठनपाठन, परीक्षालगायतका कार्यक्रम बन्द गरिएको जानकारी दिए । सुर्खेतमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयका विभिन्न सङ्कायका केन्द्रीय क्याम्पसका साथै १० आङ्गिक क्याम्पस छन् ।