logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वैशाख १८ गतेसम्म सबै सिनेमा हल बन्द


अंकुरण खबर
1.495K
Shares

कोरोना भाइरसका कारण नेपालका सम्पूर्ण सिनेमा हल पनि वैशाख १८ गतेसम्मका लागि बन्द हुने भएका छन् ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले वैशाख १८ सम्मलाई सिनेमा हल बन्द गर्न भनेपछि राजधानीका सबै हल सुनसान छन् ।

चलचित्र निर्माता तथा निर्देशकले प्रर्दशनी मिति निश्चित गरिएका सबै चलचित्र अनिश्चित समयका लागि स्थगित गरेका छन् । त्यस्तै, आगामी वैशाख १८ गतेसम्म सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यमा पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दाबढी मानिस भेला हुन बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।