logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट १० हजार भन्दा धेरैको मृत्यु : इटलीमा एकै दिन ४२७ जनाको ज्यान गयो


अंकुरण खबर
1.248K
Shares

विश्वभर महामारीको रूप लिएको कोरोना (कोभिड–१९) संक्रमणबाट १० हजार भन्दा धेरैको मृत्यु भएको छ ।

गत डिसेम्बरको अन्तिम सातामा चीनबाट फैलिएको कोरोनाले शुक्रबार बिहानसम्म १० हजार ४८ मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

कोरोनाको उद्गमस्थल मानिने चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान गएको छ । चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएको पुष्टि भएको छ । चीनमा अहिले भने नयाँ संक्रमित भेटिएका छैनन् । तर चीनमा भन्दा इटालीमा मृत्यु हुनेको संख्या बढी भएको छ । इटलीमा हालसम्म ३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ । बिहीबार थप ४ सय २७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो ।

इटली र चीनपछि इरान कोरोनाबाट प्रभावित बनेको छ । त्यहाँ पछिल्लो २४ घण्टामै १ सय ४९ कोरोना ज्यान गएसंगै इरानमा १ हजार २ सय ८४ मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा हालसम्म ८ सय ३१ मानिसको ज्यान गएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ७६ देशमा फैलिएको छ ।