निर्भया सामूहिक बलात्कार काण्डका दोषी ४ जनालाई भारतमा सामुहिक मृत्युदण्ड दिइएको छ ।
शुक्रबार बिहान ५ः३० बजे सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलार्इ दिल्लीको तिहाड जेलमा मृत्युदण्ड दिइएको हो ।
यस अघि अभियुक्तले त्यहाँको सर्वोच्च अदालतमा आममाफी दिन अदालतमा अपिल गरेका थिए । सर्वोच्चले आममाफी दिन नसकिने फैसला गरेसँगै चारै जनालाई मृत्यु दण्ड दिइएको हो ।
अभियुक्तको मृत्युदण्डपछि निर्भयाका परिवारले न्याय पाएको बताएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।