कोरोना भाइरसप्रति सचेत हुन भन्दै त्रिवि शिक्षण अपस्पतालले तत्कालका लागि आकस्मिक उपचार र शल्यक्रिया मात्र गर्ने भएको छ ।
अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै आकस्मिक शल्यक्रिया र आकस्मिक स्वास्थ्य उपचार मात्र गर्ने जनाएको हो ।
नेपाल मेडिकल काउन्सीलले अत्यावश्यक बाहेकका सेवा लिन अस्पताल नजान आग्रह गरिसकेको छ । यसै अनुसार अस्पतालले साधारण स्वास्थ्य सेवा र शल्यक्रिया हालका लागि स्थगन गरिएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
कोरोना भाइरसका लक्षणहरु ज्वरो, रुघाखोकी, स्वासप्रस्वासमा समस्या भएका बिरामीलाई भने छुट्टै उपचार गराउने जनाएको छ । उपचारमा रहेका बिरामीहरूलाई १ जनाभन्दा बढी कुरुवाा नराख्न पनि आग्रह गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गरी भीडभाड कम गर्नका लागि अस्पतालले यस्तो नीति लिएको विज्ञप्तीमा जनाएको छ ।