नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदर अनुसार शुक्रबार पनि विदेशी मुद्राको भाउमा थपघट भएको छ ।
बिहीबार एक डलरको खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसामा कारोबार भइरहेको थियो भने, शुक्रबार एकको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ७० पैसा र बिक्रीदर १२९ रुपैयाँ ३४ पैसा रहेको छ भने, पाउण्ड एकको खरिददर १३८ रुपैयाँ १८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८७ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ भने, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ ।