देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अपरान्हपछि पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
शुक्रबार राति देशको पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।