पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुर लोकन्थलीस्थित घरमा बम विस्फोट गराएको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
उनीहरु सबै विप्लवका कार्यकर्ता भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लक्ष्मण सेठी, टेक लोहार र अमृत कुमाल छन् ।
महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूलाई अहिले टेकुमा राखिएको छ ।
पूर्वमन्त्री बास्कोटाको घरको कम्पाउन्डमा गत २८ फागुनको बिहान ७ः४५ बजे बम विष्फोट भएको थियो ।