आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन ५ सय र चाँदी २० रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेर ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुन तोलामा ७५ हजारमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज २० रुपैयाँले बढेर प्रतितोला ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाईएको छ ।