कोरोना भाइरसको कारण नेपाली बजारमा बढेको कालो बजारीलाई नियन्त्रण गर्नको लागी सरकारले आजबाट सुपथ मूल्यमा पसल सञ्चालन गर्ने भएको छ ।
सुपथ पसल काठमाडौं उपत्यकाको पाँच ठाँउमा सञ्चालन हुने छ । सरकारले आज शुक्रबारदेखि उपत्यकाका सतुंगल, कालिमाटी, कोटेश्वर, बनेपा र भक्तपुरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।
सरकारले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । यस्ता पसलमार्फत चामल, दाल, नुन, चिनी, ग्यास र इन्डक्सन चुल्हो बिक्री गर्ने सरकारको योजना छ।
देशभरकै जिल्लामा अहिले भइरहेको कालोबजारी र कृत्रिम अभाव नियन्त्रणमा ल्याउन सरकाररे यस्तो कदम चालेको हो ।