प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ।
प्रधानमन्त्री ओलीलाई भेट्नका लागि अध्यक्ष प्रचण्ड शुक्रबार बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। अहिले दुबै अध्यक्ष छलफलमा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
पार्टी एकताका बाँकी काम र अन्य समसामयिक विषयमा छलफल भइरहेको उनले जानकारी दिए।