logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

काठमाडौंका अस्पताललाई अत्यावश्यक बाहेक ओपीडी र अप्रेसन सेवा बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


अंकुरण खबर
1.417K
Shares

काठमाडौंका ५० वा सोभन्दा बढी शय्या भएका अस्पताललाई ओपीडी सेवा र अप्रेसन सेवा चैत्र मसानतसम्म बन्द गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवाहरु चैत मसान्तसम्म बन्द गर्न स्वास्थ्य निर्देशन दिएको हो। शुक्रबार मन्त्रालयले १५ बुँदे निर्णय गर्दै यस्तो निर्देशन दिएको हो

त्यस्तै मन्त्रालयले संकास्पद बिरामीहरुलाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्न सबै अस्पतालहरुलाई निर्देशन समेत दिएको छ।

मन्त्रालयले कोरोको नमूना परीक्षणका लागि योग्य मानिएका वीर अस्पताल, धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तत्काल परीक्षण सुरु गर्न निर्देशन दिने र त्यसको अनुगमन गर्ने निर्णय समेत गरेको छ।

मन्त्रालयले कोराना संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकहरु घर जाँदा थप संक्रमण फैलिन सक्ने भन्दै चिकित्सकले चाहेमा अस्पतालमै छुट्टै आवासको व्यवस्था मिलाउने भएको छ।