logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सवारी चालक अनुमति पत्रको परीक्षा स्थगित


अंकुरण खबर
2.197K
Shares

सरकारले कोरोना भाइरसको संक्रमणको त्रासका कारण सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी तथा वर्ग थपका कार्यहरु रोकेको छ ।

अर्को सूचना नहुन्जेलसम्मका लागि सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा नहुने यातायात व्यवस्था विभागले जनाएको छ ।

यद्यपि नवीकरण तथा प्रतिलिपि प्रदान गर्ने काम भने सुचारु रहने विभागले जारी गरेको सूचनामा उल्लेख छ । विभागले  सूचनामा चैत १३ गतेबाट लाइसेन्स जारी तथा वर्ग थपका कार्यहरु रोकिने जनाए पनि आजैबाट रोकिसकेको छ ।

लिखित परीक्षा उत्तिर्ण गरेर आज बिहान (ट्रायल) दिन विभागले तोकेको ट्रायस सेन्टर पुगेका परीक्षार्थीहरु दुई घण्टा कुरेर स्थगित भएको सूचना पाएपछि फर्किएका थिए ।