logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अत्यावश्यक बाहेक बैंक शाखामा नजान वित्तीय संस्थाहरुको अपिल


अंकुरण खबर
715
Shares

बैंक तथा वित्तीय संस्थाले सकेसम्म बैंकको शाखामा नगई विद्युतीय रुपमा कारोबार गर्न आग्रह गरेका छन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघले संयुक्त विज्ञप्ति जारी गर्दै अत्यावश्यक अवस्थामा बाहेक शाखामा नजान, भिडभाड कम गर्न तथा कोरोना संक्रमणबाट जोगिन(जोगाउन सहयोग गर्न पनि आग्रह गरेका छन् ।

शाखाहरुमा भिडभाड कम गर्न तथा विद्युतिय कारोवारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेट-मोबाइललगायत विभिन्न विद्युतिय माध्यमवाट गरिने कारोवारमा शुल्क नलाग्ने, कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने र नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्ने कनेक्टआईपीएस सेवामा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कोरोना सङ्क्रमण बढ्न सक्ने एक माध्यम बैंक नोटहरु पनि हुनसक्ने देखिएकोले सम्भव भएसम्म नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्न पनि आग्रह गरेको छ ।