logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल एयरलाइन्सले बन्द गर्यो भारतका सबै उडान


अंकुरण खबर
780
Shares

नेपालको राष्ट्रिय एयरलाइन्सले भारतका सबै शहरमा गरिदै आएको उडान स्थगित गरेको छ ।

अब भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत्र ९ (मार्च २२,२०२०) गतेदेखि लागु हुने गरी स्थगित गरेको हो।

डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्धारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडान तत्कालका लागि चैत्र १६ ९मार्च २९,२०२०० गतेसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।

चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ ।

निगमले जापानको नारिता, मलेसियाको क्वालालाम्पुर, थाइल्याण्डको बैंकक, यूएइको दुबई, कतारको दोहामा गर्दै आएको उडान अनिश्चितकालका लागि बन्द गरिसकेको छ ।