चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण विश्वका १ सय ७६ देशमा फैलिएको छ । कोरोना भाइरसले विश्वभर महामारीको रूप लिएको छ यसको कारणले विश्व जगत नै तरंगित बनेको छ । कोरोना भाइरसकै कारण धेरै देशका हजारौं मानिसले ज्यान गुमाउँनु परेको छ भने, लाखौं मानिस संक्रमित भएका छन् ।
यसलाई कसरी रोकथाम र नियन्त्रणका गर्न सकिन्छ भनेर धेरै जनाले आफ्नो साहित्यमार्फत सल्लाह, सुझाव दिएको पाईन्छ। यसै सन्दर्भमा कोरोना भाइरसलाई समेटेर लेखक करण तिवारीले यस्तो मुक्तक लेखेका छन्।
कोरोना …
त्यो सङ्कट हाम्रो यो नेपालमा नआइ देउ है
पिडाको त्यो आँसु धारा फेरि न बगाइ देउ है
यहाँ नेता नै भाइरस छ्न् रोगी छन् नेपालीहरु
भगवान छिनमै फैलिने कोरोना न पठाइदेउ है
मेरै नेपालले नेपालीलाई खुसीको आभाष नदिने सरकार
मर्न लाग्दा आफ्नो जनतालाई थोरै सास नदिने सरकार
खै के गर्छौ त्यही भ्रष्टाचार अनि बिकृती मात्र गर्दैछौ तिमी
कोरोनाको यत्रो सङ्कट जाबो एउटा मास्क नदिने सरकार
संसारभरी फैलिहाल्ने खै कुन्नी कस्तो कोरोना हो यो
औषधि नै नभेटिएको प्राण घातक जस्तो कोरोना हो यो
मास्क पन्जा साबुन पनि प्रयोग गरौ सबैले आजैबाट अब
जहाँ जहिले नि छिन भरमै लागि हाल्ने सस्तो कोरोना हो यो
कहिले भुकम्प कहिले भाइरस यस्तै चल्दै छ यहाँ
आगो बिना नै मन मुटुहरु पनि त्यसै जल्दैछ यहाँ
सयौँ घर अनि धरहरा ढाल्याथ्यो उहीँ भुकम्पले
भाइरस आयो संसार खायो जीवन ढल्दैछ यहाँ