सरकारले आगामी १० चैतबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।
कोरोना भाइरसको सम्भावित संक्रमण रोक्नका लागि सरकारले केही अवधिका लागि लामो लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाइएको बताएका छन्।
कोरोना भाइरसको त्रासका कारण काठमाडौं उपत्यकाबाट विगतका तीन दिनमा करिब ५ लाख मानिसले काठमाडौं उपत्यका छाडेका छन् . कोरोना भाइरसका कारण शैक्षिक संघ संस्थाको पठनपाठन र परीक्षा स्थगित भएपछि बाहिरिनेको संख्या वृद्धि भएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले विगत तीन दिनको तुलनामा ५ लाख बढी यात्रु बाहिरिएको अनुमान गरेका छन् ।
नयाँ बसपार्क र नागढुंगामा हेल्थ डेस्क
स्वास्थ्य सेवा विभागले नयाँ बसपार्क र नागढुंगामा हेल्थ डेस्क स्थापना गरेको छ । काठमाडौं भित्रने र बाहिरिने यात्रुको ज्वरो जाच्न हेल्थ डेस्क स्थापना गरिएको स्वाथ्य सेवा विभागले जनाएको छ । कोटेश्वर र बल्खुमा पनि हेल्थ डेस्कको राख्ने तयारी गरिएको छ ।राजधानी दैनिकबाट