logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गाडी भाडामा ठगी गर्ने २८ पक्राउ


अंकुरण खबर
1.495K
Shares

सार्वजनिक यातायातको टिकटमा ठगी गर्ने २८ जना पक्राउ परेका छन्। टिकट काउन्टरका कर्मचारीले सवारीसाधन अभाव देखाएर यात्रुसँग तेब्बरसम्म भाडा असुलेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले बताए।

पक्राउ परेकालाई आइतबार अदालतमा उपस्थित गराइनेछ। उनले भने, ‘टिकट काउन्टर र बसपार्कमा यात्रुको चाप बढेसँगै गाडी ग्यारेजमा राखेर यात्रुसँग बार्गेनिङ गर्ने, बढी भाडा असल्ने गरेको पाएका छौं ।’

सरकारले शिक्षण संस्थामा पठनपाठन बन्द गरेपछि काठमाडौंबाट अधिकांश विद्यार्थी र अभिभावक बाहिरिने क्रम बढेको छ। रौतहतको गडुरा जान लागेका विलास ठाकुरले टिकटको दोब्बर मूल्य तिर्नुपरेको गुनासो गरे।

‘टाटा सुमोबाट घर जान लागेको। काउन्टरका मान्छेलाई सोध्यो गाडी छैन भन्छन्’, बल्खुमा भेटिएका ठाकुरले भने, ‘डबल भाडा तिर्ने हो भने गाडी मगाउने बताउँछन्। घर जानु छ।’अन्नपूर्ण पोष्टबाट