logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

कोरोना अपडेड : ११ हजार ३ सय ८३ मृत्यु , २ लाख ७५ हजार १ सय ८४ संक्रमित(डाटा सहित)


अंकुरण खबर
1.378K
Shares

इटलीमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । यो २४ घण्टामा मात्रै ६ सय २७ जनाको मृत्यु भएको छ । यो सँगै इटलीमामात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ भने ६ हजार नयाँ संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या ४७ हजार पुगेको छ।

विश्वभर मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८३ पुगेको छ । स्पेनमा २ सय ६२ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ९३ पुगेको छ। त्यस्तै इरानमा १ हजार ४ सय ३३ को मृत्यु भएको छ भने, संक्रमितको संख्या १८ हजार ६ सय ४४ पुगेको छ। अमेरिकामा हिजो ४९ जनाको मृत्यु भएको छ भने, संक्रमितको संख्या १९ हजार नाघेको छ। त्यस्तै हिजो फ्रान्समा ७८, स्वीट्जरल्याण्डमा १३, बेलायतमा ३३, नेदरल्याण्डस्मा ३०, बेल्जियममा १६ तथा दक्षिण कोरियामा ३ जनाको मृत्यु भएको छ। त्यस्तै भारतमा हिजो एकै दिन ५५ जना संक्रमित थपिएपछि भारतमा संक्रमितको संख्या २ सय ४९ पुगेको छ। भारतमा हालसम्म ५ जनाको मृत्यु भएको छ।

विश्वभर संक्रमितको संख्या २ लाख ७५ हजार १ सय ८४ पुगेको छ। संक्रमणपछि निको भएर घर फर्किनेको संख्या ९१ हजार ५ सय ३३ पुगेको छ । एजेन्सी